कम्युनिस्टहरूकै कारण मध्यावधि हुने सम्भावना बढ्यो, कांग्रेस तयार बनाैँः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले कांग्रेस पार्टीलाई प्रतिबन्धित अवस्थामा पनि जोगाइ राख्ने श्रेय शिक्षकहरूलाई जाने बताएका छन् ।

नेपाल शिक्षक संघ ओखलढुङ्गाको २०औँ प्रतिनिधि सभालाई सम्बोधन गर्दै युवा नेता खतिवडाले नेपाली कांग्रेसका असली गुरु भनेकै शिक्षकहरू भएको बताए ।

‘नेपाली कांग्रेस प्रतिबन्धित अवस्थामा पनि बचाउने भनेका शिक्षक अर्थात हाम्रा गुरुहरू हुनुहुन्छ’, उनले भने, ‘शिक्षकहरूकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ ।’
नेपाली कांग्रेसका नेता खतिवडाले शिक्षकहरूप्रति आफ्नो सधै सम्मान रहेको बताए । उनले भने, ‘म सधैँ गुरुहरूप्रति नतमस्तक भएर अभिनन्दन गर्दछु ।’

उनले भने, ‘पार्टीभित्र त जस्लेनी पनि जित्छ । पार्टीको सभापति, महामन्त्री वा पदाधिकारी र सदस्य नै भएपनि के गर्नु ? वडा, गाउँपालिका, प्रदेश र केन्द्रमा हारेपछि केही अर्थ रहँदैन ।’

‘त्यसैले पार्टीमा जो जस्ले जितेपनि जितेका छौँ । त्योसँगै अब वडा, गाउँपालिका, प्रदेश र केन्द्रमा जित्नका लागि एकताबद्ध भएर आजैबाट लागि परौँ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले अहिले दुई तिहाईको कम्युनिस्ट सरकारले कुनै बहनामा शिक्षक साथीहरूलाई जिस्कायो वा धम्कायो भने नेपाली कांग्रेसले त्यसलाई नछाड्ने चेतावनी दिए ।

‘म ठोकुवाको साथ भन्छु आफ्नै आन्तरिक कारणले गर्दा नेकपाको दुईतिहाइको कम्युनिस्ट सरकार ५ वर्ष पूरा अबधि चल्दैन’, खतिवडाले भने, ‘३ वर्षमा चुनाव हुने सम्भावना छ । त्यसैले आजैदेखि शिक्षक साथीहरू त्यसको तयारीमा लाग्नुस् । मेरो अनुरोध छ ।’

नेपाली कांग्रेसले हार्दा ओखलढुङ्गामा रहेको खानेपानी र सिचाइँको केन्द्रीया आफिसहरू खोटाङ गएको भन्दै खतिवडाले भने, ‘खोटाङका माननीयाहरू बलिया भए । हाम्रो माननीयाहरूलाई ओखलढुंगाको समस्या र विकासका बारेमा वस्ता छैन ।’

पूर्वसांसद खतिवडाले भने, ‘हामीले निकै बल र मेहेनत गरेर कर कार्यलय ल्याएका छौँ । यसलाई पनि हाम्रा माननीयहरूले कुनै दिन बधाई भन्दै आउने छन् र मैले ल्याएको हुँ भनेर दाबी गर्नु हुनेछ ।’

‘आज नेपाली कांग्रेसले हार्दै गर्दा पत्रकार, आर्मी र चिट् चोर्दा चोर्दै रेस्टिगेत भएका मन्त्रीले गुठीमाथि एकलौटी गरिरहेका छन्’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘लोकतन्त्र धरापमा छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई हजुर जिउ–जिउ भन्नेहरूको कुरा सुन्नु भएको छ ।’

उनले भने, ‘ओलीजीलाई ठूलो दम्भ आएको छ । त्यसैले यी सबै कुराको संरक्षण गर्नलाई पनि कांग्रेसले जित्नु नै पर्नेछ । मध्यावधि चुनावको आशंका बढेर गएको छ ।’

Published : Sunday, 2019 June 23, 12:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया