ओलीका सल्लाहकार सुटुक्क विदेश उडे

काठमाडौं । कम्युनिस्ट सरकारकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका एक जना सल्लाहकार विदेश भ्रमणमा निस्किएका छन् ।

ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई बुधबार पार्टीलाई समेत जानकारी नदिइ सुटुक्क कम्बोडियातर्फ लागेका हुन् ।

डा.भट्टराईले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश विभागलाई समेत जानकारी दिएका छैनन् । डा.भट्टराई बुधबार थाई एअरवेजमार्फत ब्याङ्कक हुँदै कम्बोडियाको राजधानी नोम्पेन्हतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीको काम विशेषले डा.भट्टराई सुटुक्क कम्बोडिया प्रस्थान गरेको उच्च स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा.भट्टराईले भीआईपी कक्षको प्रयोग गरेका छैनन् ।

१ डिसेम्बर २०१८ मा नेपालमा सम्पन्न एसिया प्यासिफिक समिटपछि प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच व्यक्तिगत मित्रता बढेको पृष्ठभूमिमा ओलीको गत महिनाको कम्बोडिया यात्रापछि डा. भट्टराईको यो गोप्य भ्रमणका बारेमा खोजविन शुरु भएको छ ।

Published : Friday, 2019 June 21, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया