कांग्रेस सिध्याउने धुन्दुकारीहरूकाे पहिचान, आफ्नै जिल्लाको कार्यक्रम बहिस्कार गर्दै

काठमाडौं । व्यक्तिगत स्वार्थका लागि जेपनि गर्न पछाडि नपर्ने नुवाकोट कांग्रेसका नेता अर्जुन नरसिंह केसीले फेरि बबण्डर मच्चाउने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर एक र दुईले शनिबार संयुक्त रूपमा क्षेत्रीय सम्मेलन गर्दैछन् । सो सम्मेलनलाई अर्जुन नरसिंह केसीले बहिस्कार गर्ने घोषणा गरेर एक पटक आफ्नो अनुदारवादी चरित्र देखाएका छन् ।

१३औँ महाधिवेशनमा महामन्त्री बन्ने लोभमा रामचन्द्र पौडेल समूहलाई छाडेर देउवा समूहमा प्रवेश गरेका अर्जुन नरसिंह केसी नुवाकोट कांग्रेसभित्र फुट ल्याएर हालिमुहाली गर्ने योजनामा पुगेका हुन् ।

अर्जुन नरसिंह केसीलाई साथ दिँदै कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले पनि सभापति देउवा सहभागी हुने कार्यक्रम बहिस्कार गर्ने जनाएका छन् । पौडेल समूहका डा.रामशरण महतले अर्को जिल्ला जानु परेकाले सभापति देउवा सहभागी हुने कार्यक्रममा नजाने बताए ।

पार्टीको विधान विपरित दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गर्न लागिएको भन्दै अर्जुन नरसिंह केसी र डा.रामशरण महतले असन्तुष्टि जनाएका छन् ।

शनिबार बिहान ११ बजे लिखु गाउँपालिको चौघडामा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम छ ।

जिल्ला समितिसँग कुनै छलफल नगरी आयोजना गरिएको क्षेत्रीय भेलाको डिजाइनर सहमहामन्त्री डा.महत भएको नुवाकोट कांग्रेसका एक नेताको भनाइ छ ।

डिजाइनमा तयार भएको उक्त कार्यक्रममा गृहजिल्ला नुवाकोटकै भएर पनि प्रभावशाली नेता अर्जुननरसिंह केसी र डा.रामशरण महतलाई भने सहभागिताको लागि मात्रै निमन्त्रणा गरिएको छ ।

कार्यक्रमबारे प्रचार गर्नका लागि तयार गरिएको प्रचार सामग्रीमा देउवा, गच्छदार र डा.महतको फोटो राखिएको छ । नेता केसी र डा.रामशरण महतको फोटो राखिएको छैन ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग यसबारे बुझ्दा पार्टी विधान विपरित हुने कार्यक्रमा आफ्नो उपस्थिति नहुने जानकारी दिएका छन् ।

डा.रामशरण महतले पनि उक्त कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

सहमहामन्त्री डा.महतले सभापति शेरबहादुर देउवाको क्षेत्रीय सम्मेलन नभई आमसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।

सभापति देउवाले सभालाई सम्बोधन गरिसकेपछि छुट्टाछुट्टै हलमा सम्मेलन हुने डा.महतले जानकारी दिएका छन् ।

वीपी कोइरालालाई फाँसीको सजाय माग गरेर राजदरबारमा विन्ति चढाएका अर्जुन नरसिंह केसीले फेरि नेपाली कांग्रेसलाई असहयोगको राजनीति थालेका छन् ।

नुवाकोटमा केसी परिवारले नेपाली कांग्रेसको संगठन भताभुङ्ग बनाएको आरोप छ ।

Published : Friday, 2019 June 14, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया