तस्वीरमा यस्ताे देखियाे कांग्रेसको जागरण अभियान, देशभरि आकर्षण

काठमाडौं । नेपाली कांग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सम्पन्न भएको छ ।

जागरण अभियानमा गाउँका नेता तथा कार्यकर्ताले दिएको सुझावलाई केन्द्रीय प्रतिनिधिहरूले प्रतिवेदन बनाएर केन्द्रमा बुझाउनु पर्नेछ ।

ललितपुर, दाङ, लमजुङ, डडेल्धुरा, सुर्खेत, भोजपुर, गोरखा, सर्लाही, मकवानपुरसहितका जिल्लाहरूमा जागरण अभियानको अन्तिम शनिबार विशेष कार्यक्रमहरू भएका छन् ।

वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा ¥याली निकाली समीक्षा गर्दै समापन भएको हो ।

पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा कांग्रेसले ७७ जिल्ला संगै डडेल्धुराका सात वटै स्थानीय तहका ५२ वटै वडामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तर सम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको कांग्रेस डडेल्धुराले जनाएको छ ।

कांग्रेस डडेल्धुराले शनिबार सदरमुकाम बागबजारमा र्‍याली निकाली कोणसभा मार्फत जागरण अभियान समापन भएको घोषणा गरेको छ ।

पार्टी कार्यालय बाट निकालिएको र्‍यालीलाई सदरमुकाम भिमदत्त चोकमा परिणत भएको कोण सभामा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद तथा जिल्ला कार्यसमिति सभापति कर्णबहादुर मल्लले अभियानमा तीन तहकै वर्तमान सरकारले गरिरहेको बेथिति तथा अनियमिततका विरुद्धमा सचेत गराउन आफूहरूले जागरण अभियान गरेको बताए ।

देशमा भएको हरेक परिवर्तनमा कांग्रेसको कदम रहेको उल्लेख गर्दै उनले अब स्थानीयस्तरबाटै शोषक कम्युनिस्टहरूको समापन गर्ने बताए ।

जनताले तिरेको करको दुरुपयोग भइरहेको भन्दै त्यसको विरुद्धमा लाग्न आफूहरूले सुझाव पाएको उनले बताए ।

 

????????????????????????????????????

Published : Sunday, 2019 June 9, 6:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया