ओलीका कारण जाहाजहरू आकाशमा उडेको उडै, साताे गयाे यात्रुहरूकाे

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली युरोप भ्रमणमा जाने बेला आधा घण्टा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अबरुद्ध गरिएको छ ।

ओली शनिबार दुई साता लामो युरोप भ्रमणमा निस्किने बेला विमानस्थलमा उडान र अवतरणलाई रोकिएको हो ।

प्रधानमन्त्री ओलीको सवार विमान उड्ने समयमा आधा घण्टाभन्दा बढी समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण रोकिएको स्रोतले जनाएको छ ।

ओलीका कारण उडान मात्र रोकिएनन् कि अवतरणका लागि आएका विमानहरू आकाशमै होल्ड राखिएको छ ।

मस्कटबाट आएको ओमान एयरको विमानले आकाशमै पूरा ४ चक्कर लगाउनु परेको छ ।

सारजहाबाट आएको एयर अरेबियाको विमानले पनि ३ चक्कर लगाएर आकाशमै होल्ड गर्‍यो ।

बैंगलोरबाट आएको नेपाल एयरलाइन्सको विमानले पनि चार चक्कर आकाशमै काटेपछि मात्रै अवतरण गर्न पायो ।

मेलेसियाबाट आएको मालिन्दो एयर पनि चार चक्कर लाइन्जेल आकाशै घुमिरह्यो ।

भीभीआईपी उडानका समयममा सँधै आधादेखि एक घण्टा उडान अवतरण बन्द गर्ने गरिएको छ ।

यसले गर्दा हरेक समयम एयर ट्राफिकको समस्या रहेको त्रिभुवन विमानस्थलललाई उडान अवतरण व्यवस्थापन गर्न निकै सकस हुने गरेको छ ।

धेरै बेर आकाशमा विमान होल्ड हुँदा यात्रुहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गरेको छ ।

बेलकीको सयममा त्रिभुवन विमानस्थलमा विमानको अत्याधिक चाप हुन्छ ।

यही समयममा उडान र अवतरण रोकिएपछि बेलुकी १० बजे विमानस्थल बन्द गर्न पनि समस्या पर्ने गरेको छ ।

यसले गर्दा धावनमार्ग मर्मतको काममा पनि असर पर्छ ।

सर्वसाधारणलाई समस्या नपर्ने गरी भीभीआईपी उडानलाई व्यवस्थित गर्न नागरिकस्तरबाट पटक–पटक माग भएपनि अझै पनि बेवास्ता गर्ने गरिएको छ ।

Published : Saturday, 2019 June 8, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया