नागरिकहरूकै सहयोगमा प्रहरीले शान्ति सुरक्षा दिन सक्छः एसएसपी सुवेदी

काठमाडौं । महानगरीय प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नागरिकको सहभागिता र सक्रियतामा अपराधिक घटनाको न्यूनीकरण गरिने बताएका छन् ।

काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आइतबार आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी सुवेदीले सामाजिक बिकृतिलाई अन्त्य गर्न सकेमा ठूला घटनाहरू हुन नपाउने बताए ।

उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले नागरिक–प्रहरीको सम्बन्ध बलियो हुँदै गएको पनि बताए ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख एवम् डिएसपी काजीकुमार आचार्यले स्थानीय प्रहरीले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको बताए ।

‘नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्धले अझै प्रभावकारी सेवा प्रदान गर्न प्रोत्साहन मिलेको छ’, उनले भने, ‘नागरिकको सल्लाह, सुझाव र खवरदारीलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

कार्यक्रममा वडा नं. ११, २८ र २९ का जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाज, शिक्षक तथा भद्रभलादमी गरी २५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

वडा नं.११ का वडाध्यक्ष हीरालाल तण्डुकारले नागरिक र प्रहरीबीचको सम्बन्ध राम्रो बन्यो भने मात्रै समाज सुधार हुने बताए ।

Published : Monday, 2019 May 20, 7:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया