कांग्रेसका पुराना नेता सिंहको निधन, पार्टीलाई ठूलो धक्का

काठमाडौं । नेपाली कांग्रेसका पुराना व्यक्तित्व रामबालक सिंहको सर्लाहीमा निधन भएको छ ।

सर्लाही जिल्लाको बलरास्थित आफ्नै निवासमा कांग्रेसका पुराना नेता सिंहको आइतबार निधन भएको हो । सिंहको निधनबाट पार्टीलाई ठूलो क्षति भएको भन्दै नेपाली कांग्रेसल दुःख व्यक्त गरेको छ ।

उनी विगत केही समयदेखि पक्षघातबाट पीडित थिए । विक्रम संवत १९८८ मा जन्मिएका स्वर्गीय सिंह विक्रम संवत २००७ सालको क्रान्तिदेखि जीवनको उत्तरार्धसम्म निरन्तर नेपाली कांग्रेसमा सक्रिय रहे ।

स्वर्गीय सिंह नेपाली कांग्रेस बलरा गाउँ कार्यसमितिको पूर्व सभापति थिए । स्वर्गीय सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रियतापूर्वक सहभागी भएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

नता सिंहको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । ‘रामबालक सिंहको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ’, कांग्रेसको शोक सन्देशमा भनिएको छ ।

Published : Sunday, 2019 May 19, 6:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया