वर्षमा कति छ कांग्रेसको खर्च र आम्दानी ?

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा आएदेखि कांग्रेसभित्रको आर्थिक अवस्था लगातार खस्किँदै गएको छ ।

महासमिति बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको आयव्यय विवरणअनुसार कांग्रेस पछिल्लो तीन वर्षयता लगातार घाटामा छ ।

गत निर्वाचनमा पार्टी कार्यालयबाट भएको खर्चमा व्यापक अनियमितता भएको भन्दै केही समयअघि कोषाध्यक्ष यादवले असन्तुष्टि राखेकी थिइन् ।

कोषाध्यक्षको प्रतिवेदनअनुसार कांग्रेसले आर्थिक वर्ष ०७२–७३ मा पाँच करोड ८८ लाख ३९ हजार आम्दानी थियो ।

आर्थिक वर्ष ०७३–७४ मा कांग्रेसको आय तीन करोड सात लाख ६९ हजार रुपियाँ थियो । खर्च पाँच करोड आठ लाख ५० लाख थियो । यस वर्ष निर्वाचनमा धेरै खर्च भएको छ ।

कांग्रेसले निर्वाचनमा मात्रै पार्टीको कोषबाट एक करोड ९० लाख ३० हजार रुपियाँ खर्च गरेको थियो । यो आर्थिक वर्षमा पनि आम्दानीभन्दा खर्च नै बढी भएको कांग्रेसले जनाएको छ ।

आर्थिक वर्ष ०७४–७५ मा पाँच करोड पाँच लाख २९ हजार आम्दानी गरेको कांग्रेसले ६ करोड ९० लाख २१ हजार खर्च गरेको छ ।

यसमा चार करोड ८६ लाख ६६ हजार चुनावमा खर्च भएको छ । यसमा अन्य खर्च जोडिएको छैन ।

कोषाध्यक्ष यादवका अनुसार हरेक आर्थिक वर्षमा कांग्रेस झन्डै दुई करोड घाटामा छ । बैंकको मुद्दतीमा दुई करोड २० लाख र अन्य बैंक खातामा एक करोड ८५ लाख १२ हजार रुपियाँ मौज्दात रहेको छ ।

Published : Saturday, 2018 December 29, 5:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया