ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी, ऋण तिर्न ऋण लिँदा व्याजदर बढ्छ : पूर्वअर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले अनुत्पादक क्षेत्रमा लगानी हुँदा त्यसको प्रतिफल पाउन नसकिएको बताए ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै डा.महतले गलत बाटोमा हिँडेर सहि ठाउँमा पुग्न नसकिने बताए ।

उनले लोकप्रियताको पछाडि र आफ्नो पार्टीका कार्यकर्तालाई प्रथामिकतमा राख्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताए ।

उनले उत्पादनशील क्षेत्रमा खर्च नगर्ने, उत्पादन नभएपछि प्रतिफल आउने कुरै नहुने बताए । त्यसपछि ऋणको बोझ बढ्दै जाँदा ऋण तिर्न फेरि ऋण लिने कार्य भएको पूर्वअर्थमन्त्री डा.महतले बताए ।

डा.महतले व्याजदर बढ्ने सम्भावना रहेको बताए । आन्तरिक ऋण ठूलो रहेको भन्दै त्यसको असर व्याजदरमा पर्ने सांसद डा.महतले बताएका छन् । उनले आन्तरिक ऋणमा भर पर्दै गरेको भन्दै आन्तरिक ऋणलाई सहि ठाउँमा प्रयोग नगरिएको बताए ।

पूर्वअर्थमन्त्री डा.महतले आफ्नो पालामा परिवारभित्रको कुरा सम्झिएर बजेट ल्याएको बताए । उनले अहिलको बजेटमा कानिका छर्ने कार्य गरिएको बताए । डा.महतले ३ करोडभन्दा थोरै बजेटका योजनालाई आफू अर्थमन्त्री रहेका बेला बजेट नदिएको भन्दै अहिलेको अर्थमन्त्रीले साना योजनामा पनि बजेट दिएको भनेर असन्तुष्टि जनाए ।

Published : Sunday, 2024 June 2, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया