स्कुल बस दुर्घटना हुँदा डडेल्धुरामा १६ यात्रुको मृत्यु

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ११ रडुवा खोलामा स्कुल बस दुर्घटना हुँदा १६ जना यात्रुको मृत्यु भएको छ ।
डोटीतर्फ जाँदै गरेको से १ क २९३ नम्बरको बस बिहीबार साँझ डा.केआई सिंह राजमार्गअन्तर्गत रडुवा खोलामा खस्दा १६ यात्रुको मृत्यु भएको हो । १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
बस सडकबाट करीव २ मिटर तल खोलामा खसेको छ । दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको स्कुल बस दुर्घटनामा परेको थियो ।
बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरूले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको प्रहरी भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत