कांग्रेसद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरूमा मनोनयन गरेका छन् ।

सोमबार जारी प्रेस विज्ञप्तिअनुसार सभापति देउवाले विभागका प्रमुख गुरु बरालको सिफारिसमा १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयन भएका सदस्यहरूमा फूलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौं), पदमबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ) रहेका छन् ।

किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौं) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।

Published : Monday, 2024 May 6, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया