देउवाको यो अभिव्यक्तिले कार्यकर्ताहरूको मन खुसीले गदगद

भैरहवा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका गतल कुराका विरुद्ध बोल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

भैरहवामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै नेता तथा कार्यकर्तासँग प्रश्न गरे ।

‘पार्टीका नेताहरू मेरोविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको ओली सरकारको विरोध किन नगर्ने ?’, उनले भने, ‘नेकपाका नेता माधवकुमार नेपालले केपी ओली सरकारविरुद्ध बोलिसके । के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन् ? नेकपाको खिलाफमा बोल्नुस्, किन डराउनुहुन्छ ?’

कम्युनिस्ट सरकारको गलत कदमविरुद्ध नबोल्दा ओली सरकार थप अधिनायकवादतर्फ लम्किएको सभापति देउवाले दाबी गरे ।

सभापति देउवाले मुलुकमा हत्या, हिंसा बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएको पनि बताए । उनले सरकार असफल भएको दावी पनि गरे ।

Published : Thursday, 2018 November 22, 8:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया