देशैभरि जाग्यो कांग्रेस, धमाधम राजनीतिक प्रतिवेदनमा सुझाव लिँदै

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवादका कारण आन्तरिक किचलोमा फँसेको नेपाली कांग्रेसको महासमिति बैठकको तयारीमा जुटेको छ ।
राजनीतिक प्रतिवेदन तयारीका लागि कांग्रेसले सातै प्रदेशमा सुझाव संकलन गरिरहेको छ ।
कांग्रेसले नेविसंघ केन्द्रीय समितिको म्याद दुई महिना थपेर विवाद टुंग्याएको थियो । सोमबार पार्टी मुख्यालय सानेपामा राजनीतिक प्रतिवेदन तयारीका लागि प्रदेश ३ स्तरीय सुझाव संकलन कार्यक्रम गरिएको छ ।
कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । महासमितिले भेला पार्टीका लागि महत्वपूर्ण भएकाले यसको तयारीमा गम्भीरतापूर्वक जुट्न उनले सबैलाई आग्रह गरे ।
उनले सरकारका कारण राजनीतिक अन्यौल बढेकाले कांग्रेस थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको बताए ।
नेता गगन थापाले महासमितिको तयारीलाई पार्टीको तल्लो तहसम्म लैनुपर्ने बताए । भेलाले पार्टीको दीर्घकालीन, अल्पकालीन र तत्कालीन नीति, रणनीति र कार्यक्रम तय गर्ने उनले बताए ।
कांग्रेसको पदाधिकारी बैठकले वभिन्न उपसमिति गठन गरिसकेको छ । राजनीतिक प्रस्ताव लेखनसहित अन्य समिति काममा लागेका छन् । सात वटै प्रदेशमा ६ गतेभित्र सुझाव संकलन गरिनेछ ।
मंसिर २८ देखि पुस ३ सम्म काडमाडौंमा महासमिति भेला हुँदैछ । विधान र संगठनात्मक संरचना परिवर्तन गर्ने हुनाले भेलालाई महत्वका साथ हेरिएको छ ।
पार्टीको विधान मस्यौदा समितिले काम अन्तिम चरणमा र्पुयाएको जनाएको छ । मस्यौदा कहिले तयार हुन्छ, निश्चित छैन । विधानलाई लिएर शीर्ष नेताले फरकफरक धारणा राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत