गृहमन्त्री लामिछानेले झल्लुहरूलाई मापसे जाँच गर्न लगाउने, हजारौँ महिलाहरूमाथि अन्याय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर पक्राउ पर्ने ‘झल्लु’ चालकहरूलाई मापसे गर्ने अन्य चालकहरूलाई पक्राउ गर्न खटाउने भएका छन् ।

मंगलबार फेसबुकमार्फत लामिछानेले भने, ‘मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयंसेवकका रुपमा उहाँहरूको साटो सडकमा सघाउनु हुनेछ ।’

सघाउने भनेको के हो ? गृहमन्त्री लामिछानेले ऐन, कानून र नियमभन्दा बाहिर गएर मापसे सेवन गरेर झल्लु भएका चालकहरूलाई अन्य मापसे गरेका चालकहरू समात्न लगाउने हो ? प्रश्न उठेको छ । ऐन कानूनमा मापसे गरेका झल्लुहरूले अर्को मापसे समात्न खोज्दा दुर्घटना भयो भने त्यसको जिम्मेवारी लामिछानेले लिन्छन् ?

लामिछानेले आफ्नो गृहमन्त्री पदको गरिमालाई भुलेर प्रहरी संठगनलाई फेसबुकमा लेखेर निर्देशन दिएका छन् । लामिछानेमा सुधार हुने कुनै संकेत छैन । गृहमन्त्री भएर फेसबुकबाट प्रहरीलाई निर्देशन दिने होइन । आन्तरिक रुपमा काम गर्ने हो ।

उता, गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन ।’

लामिछानेले चार दिन डिउटी गर्न नपर्नु भनेको सार्वजनिक विदा दिएका हुन् वा अन्यत्रको काममा खटाएका हुन् ? खुलाएका छैनन् । ट्राफिक महिलालाई मात्रै महिनावारीमा ४ दिन विदा दिँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, गृह मन्त्रालय मातहतका धेरै कार्यालय, विभाग छन् त्यहाँ कार्यरत महिलालाई यो ४ दिन हो कि होइन ?

निजामती, संस्थान वा ज्याला, मजदुरी गर्ने महिलाको हकमा यो नियम हो की होइन ? कि गृहमन्त्री लामिछानेको मनमा जे आयो त्यहि निर्णय गर्ने हो ? यस्ता हावा निर्णय गर्नुभन्दा अगाडि समिति बनाएर गृहकार्य उचित निर्णय गर्नुपर्ने सुझावहरू आएका छन् । लामिछानेको यो ४ दिनवाला डिउटी गर्न नपर्नेवाला कुरा विवादमा आइसकेको छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री लामिछानेले यस्ता टपरटुइँया आदेश दिएर के गर्न खोजेका हुन् प्रश्न उठेको छ ।

ट्राफिक महिला प्रहरीलाई मात्रै यो सुविधा हो भने प्रहरीभित्रकै अरु महिला प्रहरीमाथि ठूलो भेदभाव हो । गृह मन्त्रालय मातहतका विभाग र कार्यालयका महिला कर्मचारीमाथि पनि गृहमन्त्री लामिछानेको भदभावको नीति मानिन्छ ।

Published : Tuesday, 2024 May 28, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया