कांग्रेसद्वारा सत्तापक्षसँगको सहमति अनुमोदन, लामिछानेको गोरखा मिडियामा संलग्न व्यक्तिमाथि अनुसन्धान हुने

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन दलहरूबीच भएको सहमितलाई अनुमोदन गरेको छ ।
मंगलबार संसद भवनस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय छानविन समिति गठनबारे सत्तापक्षसँग भएको सहमतिलाई अनुमोदन गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा कांग्रेसलगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको बताए । उनले सत्तापक्षसँग सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै लेखकले भने, ‘हिजो संघीय संसदमा भएका मुख्य राजनीतिक दलहरूको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । कार्यादेशमा पनि सहमति भयो ।’
‘कति सदस्यीय समिति हुने, अवधि कति हुने भन्ने सहमति पनि भयो । त्यो सहमति निस्कर्षउन्मुख सहमति भनेका छौँ’, उनले भने ।
‘निष्कर्षमा पुग्ने स्थिति बनेको छ’, लेखकले भने, ‘निस्कर्षउन्मुख सहमतिलाई कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ ।’
कांग्रेसका प्रमुख सचेतक लेखकले समग्र सहकारीको बारेमा कानूनी र संस्थागत प्रबन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको करोडौं रकम अपचलान र ठगी गरेर गोरखा मिडिया नेटवर्क प्रालिमा लगेको भन्दै अनुसन्धानका लागि कांग्रेसले संसदीय छानविन समितिको माग गरेको थियो । समितिमा लामिछानेको नाम उल्लेख नरहे पनि गोरखा मिडियामा संलग्न रहेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने विषय उल्लेख छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया