कांग्रेसमाथि उठाउने गरी राम्रोसंग काम गर्नुस्ः रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरू जनताप्रति अनुदार रहनेभन्दै आलोचना गरेका छन् ।

राजधानीमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको नगर प्रमुख–उपप्रमुखसँगको अन्तरसम्वाद कार्यक्रममा नेता पौडेलले कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने रहेको बताए । कांग्रेसले कम्युनिस्टहरूको त्यो व्यवहारलाई चिर्न सक्नुपर्ने बताए ।

नेता पौडेलले कम्युनिस्टहरूले मलाई भोट दिने गाउँ, यो मलाई भोट नदिने गाउँ भनेर पक्षपात गर्ने गरेको बताए । उनले भने, ‘कम्युनिस्टहरूको सानो घेरालाई तोडेर कांग्रेसका जनप्रतिनिधि अगाडि बढन सक्नुपर्छ ।’

कांग्रेस धेरै खस्किएको बताएका नेता पौडेलले कांग्रेसलाई माथि उठाउने गरी प्रशंसनीय काम गर्न र जनताको मन जित्न जनप्रतिनिधिहरूलाई सुझाव दिए । वरिष्ठ नेता पौडेलले भने, ‘तपाइहरूले न्यायोचित र प्रशसनीय काम गरिदिनुभयो भने कांग्रेस माथि उठ्न सक्छ ।’

उनले गाउँमा अधिकार नभएर भ्रष्टाचार बढेको आफूले सुनेको पनि बताए । नेता पौडेलले जनप्रतिनिधिहरूलाई पारदर्शी ढंगले जनताको सेवामा लाग्न निर्देशन दिए ।

कांग्रेसका नेता पौडेलले कम्युनिस्ट सरकार स्वेच्छाचारी भएको आरोप पनि लगाए । उनले बजेट बाँडफाँट र अहिले कर लिने विषयमा त्यसलाई पुष्टि गरेको जिकिर गरे ।

नेता पौडेलले नेकपाले जनवाद भनिरहेको भन्दै जनवाद भनेकै केन्द्रीययता भएकाले सरकारले संघीयताको सही अभ्यास गर्न नखोजिरहेको आरोप लगाए ।

Published : Monday, 2018 August 27, 12:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया