कम्युनिस्ट सरकारका यी मन्त्रीहरूले खाए लाखौं रकम

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले ठूलो रकम झ्वाम पारेका छन् ।

मन्त्री नियुक्त भएको ६ महिनाभित्रै ६ लाखभन्दा धरै रकम भ्रमण भत्ताका रूपमा बुझेका हुन् । असार मसान्तसम्म कर्णाली प्रदेशका मन्त्रीहरूले ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण भत्ता बुझेको स्रोतले जनाएको छ ।

सबैभन्दा धेरै कृषिमन्त्री विमला केसीले बुझेकी छन् । सबैभन्दा कम सामाजिक विकासमन्त्री दल रावलले बुझेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले १ लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझेकी छिन् ।

सामाजिक विकासमन्त्री दल रावलले ४ हजार ५ सय रुपैयाँ बुझेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले १ लाख २९ हजार ३ सय रुपैयाँ बुझेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार ६ सय रुपैयाँ बुझेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५ रुपैयाँ बुझेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढाले ७२ हजार ४ सय २५ रुपैयाँ र भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन् ।

कर्णाली प्रदेशका मन्त्रीहरूले कागज मिलाएर भत्ता बुझेको भन्दै आक्रोश व्यक्त गरेको छ । प्रदेश कांग्रेसले कम्युनिस्ट सत्ताको यो कार्यको विरोध गर्ने चेतावनी दिएका छ ।

प्रदेश सभाको आँखा छलेर भ्रष्टाचार गर्न खोजेको भन्दै विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।

Published : Sunday, 2018 August 12, 3:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया