एक्लिदै कम्युनिस्ट सरकार, अध्यक्ष राणाले पनि दिए चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सरकार अधिनायकवादतर्फ उन्मुख भएको अरोप लगाएको छ ।

राप्रपा प्रजातान्त्रिकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारलाई सच्चिन चेतावनी दिएको छ ।

अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका डा.गोविन्द केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने बहानामा अस्पताल क्षेत्रमा गरिएको दमनप्रति राणाले आपत्ति प्रकट गरे ।

आर्थिक वर्ष २०७५–७६ को सुरुदेखि नै विभिन्न शीर्षकमा कर र राजश्व बढाइएकोप्रति राप्रपा प्रजातान्त्रिकले आपत्ति जनाएको छ ।

संविधानले परिकल्पना गरेको राज्यव्यवस्थातर्फ सरकार उन्मुखहुनुको बदला अत्याचारपूर्वक तबरले तीनै तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरित करको दर र दायरा वृद्धि गरिएको अध्यक्ष राणाको आरोप छ ।

इन्टरनेटमा १३ प्रतिशत र जन्मदर्ता र मृत्यु दर्ता शुल्क १० रुपैयाँबाट १ हजार रुपैयाँ बनाइएकोप्रति राप्रपा प्रजातान्त्रिकले आपत्ति जनाएको छ ।

मोबाइल, टेलिफोन, इन्रनेट, खानेपानी, इन्धनलगायतका क्षेत्रमा करको दर र दायरा बढाएर सरकारले जनताको कर तिर्ने क्षमता नबुझेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप छ ।

Published : Sunday, 2018 July 22, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया