भ्रष्टाचारको कुरा साेधेपछि जंगिए मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आफ्नो रुद्र रुप देखाएका छन् ।

सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा अन्तर्वार्ताका लागि एभिन्यूज टेलिभिजनका पत्रकारलाई बोलाएर दुरव्यवहार गरेका हुन् । पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुको साटो मन्त्री अधिकारीले माइक खोस्न खोजेका थिए ।

अधिकारीले ह्वाइट बडी विमान खरिदको भ्रष्टाचारका विषयमा सोधिएको प्रश्नको जवाफ नदिएर माइकलाई खोस्न खाज्दै ‘साना साना कुराको जवाफ मन्त्रीले दिने होइन’ भन्दै कुर्सीबाट जुरुक्क उठेका छन् ।

पत्रकारले ह्वाइटबडी विमान खरिदमा भएको अनियमितताका विषयमा प्रश्न सोधेका थिए । भिडियोमा अधिकारीले जवाफ दिनुको साटो पत्रकारलाई कोठाबाट बाहिर जान संकेट गरेका छन् ।

नेपाल वायुसेवा निगमले ल्याएको ह्वाइट बडी विमान खरिदका बेला सार्वजनिक खरिद ऐन उल्लंघन गरेको भन्दै धेरैले आलोचना गर्दै आएका छन् ।

https://www.youtube.com/watch?v=mFK5Y0SJ3qI

Published : Tuesday, 2018 July 10, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया