कांग्रेसको चेतावनीपछि ओली सरकारको ढुकढुकी बढ्यो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि फिर्ताको माग गरेका हुन् । उनले मुल्यवृद्धि फिर्ताका लागि सभामुखको ध्यानाकर्षणसमेत गरे ।

मूल्यवृद्धि गरिब जनताको विपक्षमा रहेको र अन्य सेवाका क्षेत्रमा समेत यसको असर पर्ने भन्दै फिर्ता लिन माग गरेका हुन् ।

नेपाल आयल निगमले आइतबार रातिबाट लागू हुने गरी मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेको थियो।

बढेको मूल्य अनुसार पेट्रोलको मूल्य ११३ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ । ग्यासको मूल्य भने यथावत रहेको छ ।

Published : Sunday, 2018 June 3, 6:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया