दाङका भण्डारी मलेसियामा गम्भीर दुर्घटनामा परे

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका सिलसिलामा रहेका दाङ जिल्ला घर भएका ताराप्रसाद भण्डारी दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।

बबई गाउँपालिला वडा नम्बर २ बिजयनेटा, बैसेरी घर भएका भण्डारीलाई डिउटी जाने क्रममा गाडीले ठक्कर दिएको थियो ।

भण्डारीको मलया मेडिकल सेन्टर केलमा उपचार भइरहेको छ । दुर्घटनामा परेका भण्डारीको खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएको नेपाली साथीहरूले बताएका छन् ।

भण्डारीका साथीहरूले उपचारमा रकम अभाव भएको भन्दै आर्थिक सहयोग गर्न अपील गरेका छन् ।

भण्डारीको उपचारका लागि मलेसियामा रहेको मे बैंकको खाता नम्बर १६४१६५००७६६५ मा आर्थिक सहयोग गर्न अपील गरिएको छ ।

Published : Sunday, 2018 April 29, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया