यी हुन् निजामती कर्मचारीका ‘काल’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा/सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारीहरू कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘अहिलेसम्म ७२ प्रतिशत कर्मचारी मैदानमा पुगिसकेका छन्, अहिले रेकर्ड लिने काम जारी छ, खटाईएका ठाउँमा कर्मचारीहरु अनिवार्य पुग्नैपर्छ ।’

मन्त्री पण्डितले पटक–पटक तोकदा गर्दापनि खटाईएको कार्यक्षेत्रमा नजाने वा अटेर गर्ने कर्मचारीहरूलाई सधैंको लागि विदावारी गर्ने चेतावनी दिए ।

‘कसैको कुनै सुनुवाईले काम गर्दैन्, अटेर गर्ने वा खटाईएको क्षेत्रमा नजानेहरुलाई सदाका लागि विदा गर्छु’, उनले भने ।

Published : Monday, 2018 March 19, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया