कम्युनिष्ट सरकारलाई संसदमा कांग्रेसको ‘ठाडो’ जवाफ

काठमाडौं । नेपाली कांग्रेसका नेता विजय गच्छदारले प्रधानमन्त्रीको हनिमुन पिरियडलाई मूल्यांकन गर्दै प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसदको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावपछि संसदको बैठकमा सम्बोधन गर्दै नेता गच्छदारले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूले गरेका प्रतिवद्धता हामी हनिमुन पिरियडमा हेर्छौँ’, उनले भने, ‘१०० दिनसम्म हामी वाच डगका रुपमा रहन्छौं ।’

उनले कांग्रेसले संसदीय पद्धतिलाई कमजोर हुन नदिनेसमेत बताए । ‘विकासका पुर्वधार निर्माणका लागि प्रतिवद्धता गर्नुभएको छ । यसमा म सकारात्मक छु’, उनले भने, ‘समृद्धिको लागि सरकारले सारेका प्रतिवद्धतामा हामीले सहयोग गर्नेछौं ।’

उनले सहमति सहितको सरकार गठन गर्ने प्रयास भएको भन्दै शुभकामनासमेत व्यक्त गरे । ‘प्रतिपक्षविनाको संसद हुँदैन्। संविधानको निर्माणमा नेतृत्वको गरेको नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ’, उनले भने ।

‘मैले तपाईहरूको संकल्पमा बुझेको छु’, उनले भने, ‘अहिलेको लोकतन्त्रमाथि प्रहार गर्ने ठाउँ नराखियोस्, हामी प्रतिपक्षमा नै रहनेछौँ ।’

Published : Sunday, 2018 March 11, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया