खोजी सूचीमा रहेका सिलवाल प्रधानमन्त्रीको कार्यक्रममा

काठमाडौं । कीर्ते काण्डमा प्रहरीको खोजी सूचीमा रहेका पूर्वडिआईजी एवम् एमालेका सांसद नवराज सिलवाल बैठकमा सहभागी हुन संघीय संसदको भवन नयाँ बानेश्वर पुगेका छन् ।

एमाले र माओवादीबाट संघीय संसदमा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन संसद भवन नयाँ वानेश्वर आयोजित कार्यक्रममा पुगेका हुन् ।

उनी करिब पौने ११ बजे संसदमा पुगेका हुन् । संसद छिर्दा उनी एक्लै थिए । पार्टी एकताको क्रममा रहेका दुबै दलले संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिन शनिवार बोलाएको हो ।

सिलवाल पनि सोही प्रशिक्षणमा सहभागी भएका छन् । आइतबार संघीय सांसदहरूको शपथग्रहण हुँदैछ ।

बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको छ ।

Published : Saturday, 2018 March 3, 12:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया