दाङ घर भएका चौधरी दम्पत्ति ठगी मुद्दामा पक्राउ

काठमाडौं । दाङ घरभएका छविलाल चौधरीले अमेरिका पठाइदिन्छु भनेर २६ लाख रुपैयाँ ठगी गरेको भन्द्र प्रहरीले उनीसहित दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगीमा संलग्न चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटजम भन्ने संस्थामा रोजगारी दिने भन्दै ७ जनासँग रकम असुलेका थिए ।

चौधरीले रकम आफ्नी पत्नी शुभद्रा कर्माचार्यको बैंक अफ काठमाडौंको खातामा र आईएमई मार्फत पठाउन लगाएका थिए ।

चौधरीले पीडितहरूलाई इन्स्टिच्युट अफ इन्फिनिटिजम संस्थाको निमन्त्रणा पत्रसमेत बनाएर पठाएका थिए ।

२६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितको उजुरीको आधारमा उनीहरूलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

चौधरीले पीडितसँग प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै पासपोर्टसमेत लिएका थए । प्रहरीले उनीहरूविरुद्ध ठगीको मुद्दा चलाएको छ ।

ठगी प्रमाणित भएमा मुलुकी ऐन ठगीको महल अनुसार विगो बराबरको जरिबाना र ५ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

Published : Friday, 2018 March 2, 7:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया