छुरा प्रहारबाट युवकको हत्या, ९ जना पक्राउ

कैलाली । कैलाली जिल्लामा होली खेल्ने क्रममा शुक्रबार बिहान एकजनालाई छुरा प्रहार गरेर हत्या भएको छ ।

टीकापुर नगरपालिका–१ मा मा शुक्रबार बिहान पौने एक बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छुरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।

छुरी प्रहारबाट गम्भीर घाइते थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले छुरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा मृत्यु भएको बताए ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।

Published : Friday, 2018 March 2, 8:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया