सेनाका पूर्व कर्मचारी २० वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले ४७ वर्षीय शंकर आलेलाई पक्राउ गरेको छ ।

आलेले करिब २० वर्षअघि एक व्यक्तिको हत्या गरी फरार भएका थिए । आलेलाई नवलपुरको देवचुली नगरपालिकाबाट आइतबार पक्राउ गरेको सीआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन नेपाली सेनाको श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुरमा कार्यरत रहेका आले समेतका व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारण मकवानपुरको साबिक मार्खु गाविस–४ बस्ने पूर्णबहादुर विष्टलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

विष्टको शव २०६१ साल कात्तिक ३० गते मार्खु र चित्लाङको दोसाँधमा फेला परेको थियो ।

२०७२ साल वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले ओलेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरेको थियो ।

हालसम्म फरार रहेका आलेलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।

Published : Sunday, 2024 May 5, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया