‘कथित’ राष्ट्रिय कलाकारले गर्दा नारायणपुर महोत्वस ‘फ्लप’

नारायणपुर । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखि सुरु भएको महोत्सवमा राजधानीबाट ल्याइएका झिनामसिना कलाकारका कारण दर्शकहरू दिक्क बनेका छन् ।

राजधानीबाट आएका कलाकारहरूको प्रस्तुति हेर्न टिकट काटेर आएका दर्शकहरूले आफूले खोजेको जस्तो प्रस्तुति हेर्न नपाएपछि आयोजकहरूलाई गाली गरेर कार्यक्रमस्थलबाट दर्शक बाहिरिएका हुन् । महोत्सवमा नामै नसुनिएका कलाकारहरूलाई भनसुनका ल्याइएपछि यस्तो अवस्था आएको हो ।

आफूलाई गायिका बताउने सिर्जना खत्रीले प्रस्तुति दिँदा दर्शकहरू महोत्सवबाट बाहिरिएका थिए ।

महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति राजधानीमा ल्याएका सिर्जना खत्रीहरूको भन्दा निकै राम्रो प्रस्तुति दिएको स्थानीय विकास घिमिरेले बताए ।

शनिबार लोकदोहोरी गायक रोहन ओली, गायक शरद समीप, टोपेन्द्र विष्ट, राजु विक लगायतका कलाकारले प्रस्तुति दिएका थिए । लोक दोहोरी गायिका रुपा घर्ती मगरको उदघोषण पनि दर्शकले नरुचाएको महोत्सव हेर्न आएका विपिन चौधरीले बताए ।

Published : Sunday, 2018 January 28, 4:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया