देउवाको लोकप्रिय निर्णयबाट ओली डराए, कांग्रेसको बदनाम गराउँदै एमाले

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरिव जनताको पक्षमा गरेका निर्णयहरूबाट नेकपा (एमाले)ले तर्सिएको छ ।

प्रधानमन्त्री देउवाले गरिव जनताका पक्षमा धमाधम निर्णयहरू गरेपछि आत्तिएको एमालेले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर विरोध गरेको छ । एमालेका अध्यक्ष केपी ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर देउवा सरकारले गरेका निर्णयहरू भविष्यमा आफू प्रधानमन्त्री बनेपछि सबै उल्ट्याइदिने चेतावनी दिए ।

वर्षमा १२ करोड रुपियाँ सरकारी पैसाले बैंकक गएर उपचार गराउने एमालेका अध्यक्ष ओलीले गरिव जनताले उपचारका लागि पाएको मासिक ५ हजारको विरोध गरेका छन् । बीर अस्पतालमा प्रधानमन्त्री देउवाल बिरामी जनतालाई दिएको चेक र आर्थिक सहयोगको समाचारलाई एमाले निकटका पत्रकार र सञ्चारमाध्यमहरूले बङ्ग्याएर समाचार दिएका छन् । ओली र एमालेका नेताहरूलाई कांग्रेस नेतृत्वको वर्तमान सरकारले गरेको निर्णय असैह्य भएको छ ।

किन भने कांग्रेसले गरिव जनताको पक्षमा धमाधम निर्णयहरू गरेको छ । कांग्रेसले जहिले पनि राष्ट्र र जनताको पक्षमा निर्णय गर्दै आएको बताउँछन् महामन्त्री डा.शशांक कोइराला । डा.कोइरालाका अनुसार एमालेले वर्तमान सरकारले कानून र संविधान तथा आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरेको निर्णयको विरोधको कुनै अर्थ नरहेन बताउँछन् ।

एमाले नेतृत्वको सरकारले वृद्ध भत्ता दिने लोकप्रिय निर्णय गर्‍यो । एमालेको यो निर्णय आजसम्म पनि लोकप्रिय छ । यसको प्रशंसा नेपाली कांग्रेसका नेताहरूले पनि गरिरहेका छन् । ओलीले सरकारसँग उपचार खर्च वर्षमा १५ करोडसम्म लिन्छन् तर त्यही एमालेले लागू गरेको वृद्ध भत्तामा ७० बाट ६५ वर्षमा झार्ने देउवा सरकारको निर्णयलाई किन एमालेले बिरोध गरिरहेको छ ? धेरैले आशंका गरेका छन् ।

कांग्रेसले गरेको आर्थिक सुधार र नीतिका कारण मुलुकले अहिलेसम्म ठूलो विकास गरेको छ । तर, कांग्रेसले त्यो विषयलाई प्रचार गर्न नसक्दा एमालेले झिनामसिना कुरा र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा निर्णयहरूको समेत बिरोध गरेर जस लिने प्रयास गरिरहेको छ । एमाले निकटका मिडिया परिचालन गरेर ओलीले कांग्रेस विरुद्ध समाचार लेखाएको आरोप समेत छ ।

कांग्रेसको आर्थ नीतिका कारण जम्मा भएको रकममा हालिमुहाली गरेको एमालेले अबको पाँच वर्ष कसरी चलाउने हो भनेर सपना देखेको आरोप कांग्रेस नेताहरूको छ । कांग्रेसले जम्मा गरेको पैसालाई वितरणमुखी बनाएको यसअघि पनि आरोप थियो । एमालेले अबको सरकारमा वितरणमुखी बनाउँने छैन । किन भने कांग्रेसले जम्मा गरेको बजेट सक्किएको छ ।

Published : Friday, 2018 January 26, 8:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया