इलाममा एमालेले महागठबन्धन बनाएर जितेको हो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जित हासिल गर्न सफल भएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने ‘हिजो हाम्रो गठबन्धन थियो । थोरै मतले पराजित भएका थियौँ ।’
‘अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ’, खतिवडाले भने, ‘कांग्रेस त्यहाँ कमजोर छैन । उहाँहरूको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ ।’
हार व्यहोरे पनि नेपाली कांग्रेसको मत कमजोर नभएको सभापति खतिवडाले बताएका छन् । उनले इलाममा सम्मानजनक मत आएको बताए ।
‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ । दुई वटा पार्टी स्थापित भएका छन्’, उनले भने, ‘अहिले चटकेहरू बिस्तारै साइडमा आएका छन् । ०८४ सालसम्म चटके ठीक हुन्छन् ।’
इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरू हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।
खतिवडाले उपनिर्वाचनको मत परिणामले कांग्रेस र एमाले मूलधारका पार्टी हुन् भन्ने कुरा प्रमाणित गरेको बताए ।
उनले भने, ‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको छ ।’
‘नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली कांग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित भएको छ’, सभापति खतिवडाले भने ।
निर्वाचनले धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको उनले बताएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया