सत्तापक्ष दमनको बाटोमा गयो, मार्शल लगाएर कांग्रेसलाई घेराउ

काठमाडौं । सत्तापक्ष र सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध हुँदाहुँदै पेलेरै संसदको बैठक सञ्चालन गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले संसदीय छानविन समितिको माग गरेर सदन अवरोध गरेको थियो । कांग्रेसको अवरोध हुँदाहुँदै पनि सभामुख घिमिरेले संसदको बैठक सञ्चालन गरेका छन् ।

सभामुख घिमिरे र सत्तापक्षले मार्शल लगाएर बैठक सञ्चालन गरेका छन् । कार्यसूचीमा प्रवेश गराएर घिमिरेले प्रमुख प्रतिपक्षको आवाजलाई दमन गरेका छन् ।

कांग्रेसका सांसदहरू वेल अगाडि आएर नाराबाजी गरेका छन् । उनीहरूले सहकारी ठगलाई कारबाही गर, संसदीय छानविन समिति गठन गर भन्ने जस्ता नारा लगाएका थिए ।

सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री लामिछानेबारे अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गर्दै कांग्रेसले सदन अबरोध गर्दै आइरहेको छ ।

सभामुख घिमिरेले बैठकलाई सञ्चालन गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछानेलाई विभिन्न प्रस्ताव राख्न समय दिइएको थियो । त्यस क्रममा रोष्टमसम्म पुग्न प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले मर्यादापालक अर्थात् सुरक्षाकर्मी परिचालन गरेर पुगेका थिए ।

Published : Tuesday, 2024 May 21, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया