कांग्रेसलाई छल्न र लामिछानेलाई सहकारी ठगी काण्डमा बचाउन भागेको सरकारले संसद बोलाउने

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि संसदीय छानविन समितिको माग गरेर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अबरोध गरेपछि विरोध छल्न संसद बन्द गरेको सरकारले संसद बैठक बोलाउन लागेको छ ।
सरकारले संघीय संसदको बर्खे अधिवेशन वैशाख २५ वा २६ गते बोलाउन लागेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्नेछ । त्यसअघि बजेटमाथि छलफल गर्नुपर्ने समय २० दिन हुनेगरी सरकारले बजेट अधिवेशन बोलाउन लागेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले वैशाख २५ वा २६ गते संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी गरिएको बताएका छन् ।
कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा मुछिएपछि संसदीय छानविन समिति बनाउन माग गरेर अबरोधमा उत्रिएपछि विरोध छल्न गठबन्धनको सरकारले संसदको हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य गरेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया