‘कोमल ओलीको पक्षमा राष्ट्रिय सहमति’
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा निर्विरोध भएकी कोमल ओलीका विषयमा विवाद नगर्न आग्रह गरेका छन् ।
पार्टी मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोमल ओलीका सम्बन्धमा राष्ट्रिय सहमति बनेको बताए ।
‘कोमल ओलीको विषयमा त राष्ट्रिय सहमति बनेको पो देखियो’, उनले भने, ‘उहाँको विरोध गर्नु आवश्यक छैन ।’
ओलीले भने, ‘मेरो विरोधमा उम्मेदवारी परेको थियो । उहाँको विरोधमा त कांग्रेसले पनि उम्मेदवारी दिएन ।’
कोमल ओलीलाई राष्ट्रिय सभाको टिकट दिएको भनेर विरोध भइरहेका बेला अध्यक्ष ओलीले उनको बचाउ गरेका छन् ।
Published : Thursday, 2018 January 25, 5:43 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत