यी हुन शीर्ष नेताका सम्धी, प्रदेश प्रमुख पाए

काठमाडौं । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पाँच नं. प्रदेशको प्रमुखमा नियुक्ति गराइ छाडेका छन्।

विरोध हुँदाहुँदै ठाकरले सम्धीलाई प्रदेश प्रमुख बनाएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई प्रदेश नम्बर पाँचको प्रदेश प्रमुख बनाएको छ ।

यसअघि कांग्रेसले पाँच, फोरम र राजपाको सिफारिसमा १–१ जना प्रदेश प्रमुख नियुक्ति गर्ने गरी भागबन्डा भएको थियो ।

राजपाको भागमा परेको १ प्रदेश प्रमुखमा ठाकुरले आफ्ना सम्धीलाई सिफारिस गरेका थिए । ठाकुरकी एकमात्र छोरीको विवाह झाका छोरासँग भएको छ । झा पूर्वस्वास्थ्य सचिव हुन् । खिलराज रेग्मीको मन्त्रिपषिदमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।

Published : Wednesday, 2018 January 17, 8:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया