कांग्रेसका पूर्व सांसद राजु खनाललाई मातृ शोक

काठमाडौं । नेपाली कांग्रेस दाङका नेता तथा पूर्व सांसद राजु खनाललाई मातृ शोक परेको छ । नेता खनालकी ममतामयी आमा ८१ वर्षीया दुर्गादेवी खनालको शनिबार मध्यराति सवा १२ बजे मृत्यु भएको हो ।

काठमाडौंको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसद्वारा आइतबार जारी शोक सन्देशमा उल्लेख छ ।

नेता खनालकी आमालाई मधुमेह र किड्नी सम्बन्धी रोगको समस्या रहेको थियो ।

दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी स्वर्गीय खनालका दुई छोरा र दुई छोरी छन् । स्वर्गीय खनालले नपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

‘खनालको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसद्वारा जारी शोक सन्देशमा भनिएको छ, ‘दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरूप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।’

यसैबीच, नेता खनालकी आमाको आइतबार नै पशुपति आर्यघाटमा अन्तिमदाह संस्कार गरिएको छ । बागमती नदी छेउमा रहेको विद्युतीय शब दाहा गृहमा अन्तिम संस्कार गरिएको पूर्व सांसद खनालले जानकारी दिए ।

अन्तिम दाहासंस्कारमा राज्यमन्त्रीद्वय डिल्ली चौधरी र अमर पुन, पूर्व राज्यमन्त्री दीपक खड्का, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य दीपक गिरी, नेताहरू कृष्णकिशोर घिमिरे, बलदेव मजगैँया, डा.गोविन्द पोखरेल, किरण किशोर घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, प्रज्ञान न्यौपाने, पवन आचार्य, महेश श्रेष्ठस, प्रकाश न्यौपाने, सुरेश खड्काहितका आफन्त र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

Published : Sunday, 2018 January 14, 9:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया