अयोधीको गोप्य वार्ताप्रति एमालेले दियो प्रतिक्रिया

काठमाडौं । एमालेले प्रमुख निर्वाचन आयुक्ति अयोधीप्रसाद यादव र अख्तियार प्रमुख दीप बस्न्यात लगायत संवैधानिक अंगका निकायहरू भएको गोप्य वार्ताप्रति आपत्ति जनाएको छ ।
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले संवैधानिक निकायका प्रमुखहरूबीच चुनावको समीक्षा गर्नु नाजायज भएको बताए ।
‘यस्तो नहुने काम कसरी भयो । हामी आश्चर्य चकित भएका छौँ’, रिपोर्टर्स क्लव नेपालले आइतबार आयोजना गरेको साक्षत्कारमा उनले भने ।
‘निर्वाचन आयोगले चुनावको परिणाम घोषणा नगर्ने अनि अख्तियार प्रमुखसँग बसेर छलफल गर्नु प्रमुख आयुक्तको कस्तो नियत हो ?’, उनले प्रश्न गर्दै आलोचना गरे ।
शनिबार प्रमुख निर्वाचन आयुक्त यादवले अख्तियार प्रमुख र महालेखा परीक्षकको कार्यालयका प्रमुखसँग गोप्य भेट गरेका थिए ।
Published : Sunday, 2018 January 7, 4:38 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत