एमालेको निष्कर्ष, ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री

काठमाडौं । नेकपा (एमाले)का नेता रघुवीर महासेठले ‘जनताको बहुदलीय जनवाद’ (जवज) लाई आधार मानेरै माओवादी केन्द्रसँग पार्टी एकीकरण हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महासेठले जवजले एमालेलाई जीवन दिइरहेको बताए । ‘जवज कसले मान्दैन भने पार्टी एकीकरण हुन सक्दैन’, उनले भने, ‘जवज छाड्न सकिँदैन ।’

‘विचारको आधारमा एकीकरण हुने हो । सत्ताको आधारमा एकीकरण हुँदैन’, उनले भने । नेता महासेठले नेपाली मतदाताहरूले एमालेका अध्यक्ष केपी ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको बताए । ‘पाँच वर्षसम्म केपी ओलीलाई यो मुलुकको प्रधानमन्त्रीका रुपमा हेर्न चाहन्छन्’, उनले भने ।

एमालेका सचिव योगेश भट्टराईले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकीकरणपछि सक्रिय राजनीतिबाट विदा लिनुपर्छ भन्ने सम्बन्धमा नेता महासेठले भने, ‘यो देशका लागि अझै दश वर्ष केपी ओली आवश्यक छ । योगेशजीले गलत बोल्नु भएको छ ।’

Published : Wednesday, 2018 January 3, 9:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया