पार्टी एकता विरोधी कार्य नगर्न ओली–दाहालको चेतावनी

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएपछि पहिलो पटक वाम गठबन्धनका दुई नेताबीच शुक्रबार भेटवार्ता भएको छ ।

काठमाडौंमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा लामो भेटवार्ता भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एक नेताको घरमा दिउँसो ३ देखि ४ बजेसम्म दुई नेताबीच निर्वाचपछि वाम गठबन्धन पाएको बहुमत र भावी रणनीति छलफल भएको थियो ।

‘दुबै नेताबीच नयाँ सरकार बनाउने विषयमा पनि कुरा भयो’, अधिकारीले भने, ‘पार्टी एकता प्रक्रियालाई पनि छिटै अगाडि बढाउने समझदारी भएको छ, दुबै नेताले पार्टी एकता विरोधी गतिविधि नगर्न कार्यकताई आग्रह गर्नुभएको छ ।’

ओली र दाहालले काम चलाउ सरकारले धमाधम नियुक्ति गरेको विषयमा पनि आपत्ती जनाएका छन् ।

दुबै नेताले नयाँ सरकार गठनका विषयमा पनि अनावश्यक कानूनी बखेडा झिकिरहेको निष्कर्ष निकालेका छन् ।

Published : Friday, 2017 December 15, 6:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया