कांग्रेस नेता दीपक गिरीको चेतावनीपछि कम्युनिष्टहरू थुरुरु !

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार दीपक गिरीले एमाले र माओवादी केन्द्रले उत्तर कोरियामा जस्तै साम्यवादी व्यवस्था ल्याउन चाहेको आरोप लगाएका छन् ।

तुलसीपुरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता गिरीले भने, ‘कम्युनिष्ट पार्टीहरूले उत्तर कोरियामा जस्तै साम्यवादी व्यवस्था ल्याउन चाहेका छन् । त्यो व्यवस्थामा कसैको अधिकार सुनिश्चित रहँदैन ।’ उनले साम्यवादी व्यवस्था आयो भने सबैका अधिकार खोसिने बताए ।

कम्युनिष्टहरूविरुद्ध आक्रामक देखिएका नेता गिरीले कांग्रेसले धेरै गफ गर्न नजानेको बताए । ‘कांग्रेसले गफ गर्दैन काम गर्छ । गफ गर्ने भनेका कम्युनिष्टहरू’, उनले भने ।

प्रदेश नं. ५ को राजधानी बनाउने सुरुवात आफू मन्त्री भएका बेलादेखि सुरुवात गरेको बताएका गिरीले भने, ‘म सिँचाइ मन्त्री भएका बेला उच्च अदालत तलुसीपुरमा ल्याएको हुँ । उच्च अदालत आएकाले प्रहरीको एआईजी कार्यालय आएको हो ।’

उनले ५ नं. प्रदेशको राजधानी दाङ नै हुने बताए । ‘वामपन्थीहरू राजधानी बुटवल बनाउन लागेका छन्’, उनले भने, ‘त्यो हाम्रा लागि मान्य छैन ।’

नेता गिरीको आक्रामक अभिव्यक्ति र भाषणहरूले गर्दा दाङका कम्युनिष्ट पार्टी र तिनका नेताहरूको मनोवल गिर्दै गएको दाङ कांग्रेसका नेताहरूको भनाइ छ ।

Published : Wednesday, 2017 November 8, 3:55 pm

1 प्रतिकृया प्राप्त “कांग्रेस नेता दीपक गिरीको चेतावनीपछि कम्युनिष्टहरू थुरुरु !”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया