उपेन्द्र–अशोकले लगाए नयाँ जुक्ति, कांग्रेससँग बच्लान् ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने छन् । बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन् ।

उनीहरूले आफ्नो गृहजिल्ला छाडेर अन्यत्र गएर निर्वाचनमा उठ्ने निर्णय गरेका छन् । तर, उनीहरूलाई कांग्रेसले त्यत्तिकै छाड्ने पक्षमा छैन ।

संघीय फोरमले सार्वजनिक गरेको सूचीमा उपाध्यक्ष युवराज कार्की मोरङ–२ बाट उठदैछन् ।

महासचिव रामसहाय यादव बारा–२ बाट उठने पक्का भएको छ । हालै पार्टी प्रवेश गरेका विमल श्रीवास्तवलाई पर्सा–२ बाट उम्मेदवार बनाएको छ । पर्सा–१ बाट प्रदीप यादव र पर्सा–२ बाट हरिनारायण रौनियारको नाम छनौट भएको छ ।

राजलाल यादव सिरहा–१, वकिल मुसलमान रुपेन्देही–५ बाट, मोहम्मद इस्तियाक राइ बाँके –३ बाट, नवलपरासी सुस्ता पूर्वबाट फूलकुमारी पुर्जालाई उम्मेदवार बनाइएको छ ।

प्रदेश २ मा राष्ट्रिय जनता पार्टी र फोरम तालमेल गरेर चुनाबमा जाँदैछन् । दुई दलले मंगलबार क्षेत्र बाँडफाँड गरे लगत्तै फोरमले उम्मेदवार चयन गरेको हो ।

Published : Tuesday, 2017 October 31, 5:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया