सिद्धार्थ ग्यासका मालिक संघाईको ठूलो सेटिङ, प्रहरीको निगरानीमा

काठमाडौं । सिद्धार्थ ग्यास उद्योग प्रालिले वर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आएको रहस्य खुलेको छ ।

सिद्धार्थ ग्यासका ५० प्रतिशत शेयर धनी संघार्ई परिवारका रामचन्द्र संघार्ई, गोविन्द संघार्ई र विरेन्द्र संघाईले एकलौटी ढंगबाट कम्पनी सञ्चालन गरेर राजश्व छलि र विदेश मुद्रा अपचलन गर्दै आएका हुन् ।

संघार्ईले ५० प्रतिशत लगानीकर्तालाई बाइपास गरेर उद्योग कब्जा गरि बुलेट ढुवानीमा बढि भाडा तिरेर राजश्व चुहावट गर्दै आइरहेका छन् ।

सिद्धार्थ ग्यासमा सुभाष कुमार खेतान र रमेश अग्रवालको ५० प्रतिशत सेयर रहेको छ । तर, संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर एकातिर खेतान र अग्रवाललाई कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी दिएका छैनन् भने अर्कोतिर ठूलो मात्रामा राजश्व छली गरेका छन् ।

कम्पनी रजिस्ट्रार गिता हुमागाई र सहायक रजिष्ट्रार नारायणप्रसाद भट्टराईले समेत संघार्ईसँग लाखौं आर्थिक लाभ लिई सेयर धनीहरु अग्रवाल र खेतानको हक अधिकारमाथि धावा बोल्दै आएका छन् ।

२०६९ सालदेखि एकलौटी ढंगले संघाई परिवारले उद्योगको व्यवस्थापन सञ्चालन गर्दै आएको र ५० प्रतिशत सेयर हिस्सा रहेका सेयरधनीलाई आर्थिक विवरण नदिई जवर्जस्ती कम्पनी सञ्चालन गरेको भन्दै कम्पनी रजिष्ट्रर कार्यालयमा प्रमाणसहित उजुरी गर्दा समेत हुमागाई र भट्टराईले उल्टै संघाईकै स्वार्थ अनुकुल काम गर्दै आइरहेको पीडित अग्रवालको आरोप छ ।

त्यसो त पाँच/पाँच करोड लगानी गरेर ५० प्रतिशत सेयर लिएका अग्रवाल र खेतानलाई कम्पनीको जानकारी मागेको खण्डमा सांघाइले प्रहरी र गुण्डा लगाएर तर्साउँदै आएको पनि आरोप छ ।

गत साउन २८ गते कम्पनी रजिष्ट्रार कार्यालयले वार्षिक साधरणसभाका सम्बन्धमा सिद्धार्थ ग्यास उद्योग प्रालिको नाममा पत्र काटेको थियो ।

वार्षिक साधरणसभा बस्नु पूर्व एजेण्डा र लेखा परिक्षण प्रतिवेदन सम्बन्धी सेयर धनीहरुलाई उपलब्ध गराउने लगायतका कानुनी प्रक्रिया पु-याई वार्षिक साधरणसभा गर्न यस कार्यालयमा विवरण पेश गर्न भन्दै कम्पनी रजिष्ट्रार कार्यालयले पत्र काटेको थियो ।

सोही अनुसार अग्रवाल र खेतानले पनि अवैध साधरणसभा नगर्न भन्दै उजुरी दिएका थिए । तर, साउन ३२ गते उप रजिष्ट्रार भट्टराईले पुनः अर्को पत्र पठाई कम्पनी ऐनको प्रक्रिया पूरा भई साधरणसभा निश्क्रिय गरी पुनः अर्को साधरणसभा गर्न नमिल्ने भन्दै संघार्ईकै स्वार्थ अनुकुल हुने गरी छलफलका लागि भदौ ४ गते कम्पनी रजिष्ट्रर कार्यालयमा बैठक बोलाएका थिए ।

जुन सरासर अवैध रहेको र संघाईको स्वार्थ अनुकुल रहेको कम्पनी रजिष्ट्रारका एक कर्मचारीले बताए । एकातिर सेयरधनीलाई जानकारी नै नदिई साधरणसभा नगर्नु भन्ने र अर्कोतिर साधरणसभा गर भनेर पत्राचार गर्नुले कम्पनी रजिष्ट्रार कार्यालयको ठूलो स्वार्थ रहेको देखिन्छ ।

Published : Thursday, 2017 August 31, 4:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया