केपी ओलीकै कार्यालयमा ८० लाख घोटाला !

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली कै कार्यालयमा ८० लाखको घोटाला भएको रहस्य बाहिर आएको छ ।

आर्थिक मितव्ययितामा जोड दिइरहेका ओलीकै प्रधानमन्त्री कार्यालयमा करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितताको प्रश्न उठेको हो ।

हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो ।

खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको छ ।

आर्थिक प्रशासन र आइटी विभागको मिलेमतोमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार एवम् नेकपाका नेता विष्णु रिमालको संयोजकत्वमा बैठक बसेको थियो ।

५ विकास क्षेत्रमा स्थापना भएका कल सेन्टरमध्ये दुईवटा मात्रै चालू अवस्थामा छन् । बाँकी चारवटा कल सेन्टर बिग्रिसकेका छन् ।

Published : Monday, 2018 August 20, 12:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया