कांग्रेस नेता एवम् संघका पूर्वअध्यक्ष ढकाललाई पितृ शोक

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकाललाई पितृ शोक परेको छ ।

नेता ढकालका पिता रामप्रसाद ढकालको २०८१ वैशाख १५ गते ८१ वर्षको उमेरमा काठमाडौंको ह्याम्स हस्पिटलमा निधन भएको परिवारजनले बताएका छन् ।

स्व.रामप्रसाद ढकाल लामो समयसम्म सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए । तत्कालीन अवस्थामा पञ्चायती व्यवस्थाविरुद्ध जनपक्षीयरुपमा पाल्पाको देउराली गाउँपञ्चायतमा प्रधानपञ्चमा उम्मेदवारी दिइ विजयी समेत भएका थिए ।

तत् पश्चात पनि अनेकौ सामाजिक तथा शैक्षिक संघ सस्थामा आवद्ध रहि स्व.रामप्रसाद ढकाल गाउँको विकासमा मार्गनिर्देश गर्दै समाजमा छुट्टै पहिचान बनाउन सफल भएका थिए ।

स्व.रामप्रसाद ढकालको १३ दिनको कार्य रुपन्देही जिल्लास्थित निवासमा गरिएको छ ।

Published : Monday, 2024 April 29, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया