सभापति खतिवडा र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच निर्वाचन प्रणालीका विषयमा परामर्श

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता भएको छ ।

सोमबार आयोगको कार्यालय कान्तिपथमा उनीहरूका बीच निर्वाचन प्रणाली सुधारका विषयमा परामर्श भएको हो । बहुमतसहितको स्थिर सरकार दिननसक्ने निर्वाचन प्रणालीमा सुधार गर्न जरूरी भइसकेको खतिवडाले बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियासँग सभापति खतिवडाले प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाइ २४० सिट कायम गर्दा उचित हुने बताएका छन् ।

भद्दा र महँगो निर्वाचनलाई सुधार गरी प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचन प्रणाली बनाउन संविधान संशोधन गर्दा राजनीतिक सहमति बनाउन आफूले पनि पहल गर्ने सभापति खतिवडाले बताएका छन् ।

सभापति खतिवडाले निर्वाचन प्रणालीका विषयमा निर्वाचन आयोगले दिने सुझाव र प्रस्तावलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सहमतिका लागि आफूले विशेष पहल गर्ने आश्वासन समेत दिएका छन् । निर्वाचन सम्बन्धी विधेयकलाई राज्य व्यवस्था समितिले नै हेर्ने गर्छ ।

Published : Monday, 2024 May 13, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया