तरुण दलको भवन बनाउन झण्डै १ करोड संकलन, ५ सदस्यले दिए १० लाख

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय कार्यालयको नयाँ भवन निर्माणका लागि थप १० लाख रुपियाँ संकलन भएको छ ।
सोमबार तरुण दलका ५ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई १० लाख ५५ हजार रुपियाँ हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ ।
रकम सहयोग गर्ने केन्द्रीय सदस्यहरूमा राजेश भेटवाल (मकवानपुर) २ लाख ५५ हजार, दिल लामा (काभ्रे) २ लाख, मथुराकृष्ण श्रेष्ठ (तनहुँ) २ लाख, सञ्जीव गुरुङ (नुवाकोट) २ लाख र योगेश श्रेष्ठ (रामेछाप)ले २ लाख रुपियाँ अध्यक्ष गुरुङ दिएका छन् ।
यो १० लाख ५५ हजारसहित हालसम्म ८८ लाखभन्दा धेरै रकम संकलन भइसकेको छ ।
काठमाडौंको कालीमाटी, रविभवनस्थित दुई रोपनी जमीनमा नेपाल तरुण दलको केन्द्रीय कार्यालय बन्नेछ । भवन निर्माणका लागि करिव ३ करोडको अनुमानित लागत रहेको छ ।
भवण निर्माणको निम्ति नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूबाट हालसम्म ८८ लाख ७२ हजार १ सय २ रुपियाँ संकलन भइसकेको अध्यक्ष गुरुङले बताएका छन् ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया