नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्ययनका लागि ७२ संस्थालाई अनुमति प्रदान

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहका लागि नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्यापनका लागि ७२ वटा शिक्षण संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहालको अध्यक्षतमा सोमबार बसेको आयोगको पूर्ण बैठकले प्रमाणपत्र तहका लागि विभिन्न विषय अध्यापन गर्ने ७२ वटा संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो ।

आशयपत्र पाउनेमा अधिकांश सामान्य चिकित्सा (एचए) पढाउने संस्था रहेका छन् ।

नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी कलेजहरूले पनि आशयपत्र पाएका छन् ।

आशयपत्र पाएका कलेजहरूले सिटिइभिटी र आयोगको अनुगमनपछि मापदण्ड र पूर्वाधारका आधारमा विद्यार्थी भर्नाका लागि कोटा पाउने छन् ।

Published : Thursday, 2023 May 25, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया