पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट सम्पन्न
काठमाडौं । नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघले ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ आयोजना गरेका छन् ।
मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार काठमाडौंमा बैठक भएको छ ।
ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जनाप्रतिनिधिले सहभागिता जनाएका छन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।
मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सह्राना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताए ।
लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गरेका छन् ।
२०८१ वैशाख १६–१७ गतेसम्म बसेको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका कैयौं व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गरेका छन् ।
बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरूका लागि लगानी सम्मेलनको एकदिन अगाडि नेपालका अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया