वीरगञ्जमा नबिल बैंकमा १ करोड ३४ लाख चोरी

काठमाडौं । पर्सा जिल्लामा शान्ति सुरक्षालाई लिएर स्थानीयले असन्तुष्टि जनाइरहेका बेला नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख चोरी भएको छ ।
सोमबार बिहान ४ जनाको समूहले १ करोड ३४ लाख रुपियाँ चोरी गरेर भागेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पर्सा र १ जनालाई भारतबाट पक्राउ गरेको जनाएको छ ।
रौतहटबाट सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित ३ नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको घोडासनबाट मण्टु पासवानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरले चोरी गरेको सबै रकम भारतमा लगिसकिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानका क्रममा ४ जना बैंकभित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको छ ।
वीरगन्जको बसपार्कस्थित पार्क होटलमा छोटेलाल जैसवालको नाममा कोठा बुक गरेर उनीहरू बसेका थिए । छोटेलाल काठमाडौंको न्यूरोडमा भएको एक चोरी काण्डमा पक्राउ परी भर्खरै जेलबाट बाहिर आएका व्यक्ति हुन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया