बाल गायिका सफलताको स्वरमा ‘माया देशलाई’
काठमाडौं । बाल गायका सफलता श्रेष्ठको स्वरमा ‘माया देशलाई’ बोलको गीत रिलिज भएको छ ।
श्रेष्ठको स्वर रहेको ‘माया देशलाई’ युट्युबबाट रिलिज गरिएको छ । डा.कृष्णहरि बरालको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई गोल्डेन क्रियशनले ल्याएको हो ।
बाल गायिका श्रेष्ठ संगीतकार सन्तोष श्रेष्ठकी छोरी हुन् ।
म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेका छन् ।
सफलता श्रेष्ठ, शिक्षा खड्गी, दिभा बस्नेत, आयुशा श्रेष्ठ, क्रियोना बलामीको अभिनय रहेको छ ।
Published : Sunday, 2023 February 12, 10:49 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया