आयुष्नोभालाई उपाधि

काठमाडौं । डा.आयुष्नोभा ढुङ्गाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छिन् ।

बुधबार साँझ काठमाडौंमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ मा ढुङ्गानाले उपाधि चुमेकी हुन् । ढुङ्गानाले सवटाइटलतर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छिन् ।

ढुङ्गाना मोडल पनि हुन् । कलाकारिता र चिकित्सा पेशा एकसाथ अगाडि बढाइरहेकी ढुङ्गाना बंगलादेशबाट एमबीबीएस गरेकी छिन् ।

संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा ढुङ्गानाले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।

प्रतियोगतिामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । सजिना खनालले ‘मिस सुप्रा नेसनल २०२४’ र धिरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’को उपाधि हात पारे ।

प्रतियोगिताको अर्को महत्वपूर्ण उपाधि ‘मिस ग्लोबल नेपाल २०२४’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ क्षितिज श्रेष्ठ क्षेत्री भए ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरू सहभागी थिए । विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्राप्त गरेका छन् ।

Published : Thursday, 2024 May 2, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया